Logo

आईपीएल अप्रिलबाट सुरु हुने, यी हुन् सहभागी हुने १० टोली



भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आइपीएल)को आगामी संस्करण २०२२ अप्रिलमा सुरु गर्ने योजना बनाएको छ ।

विश्व क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको खेलतालिका टुंगो नलागे पनि बीसीसीआईले मुख्य सरोकारवालालाई २ अप्रिलबाट चेन्नईमा प्रतियोगिता सुरु गर्ने योजना जानकारी गराएको  छ ।

आठ टोलीको सहभागितामा ६० खेल हुने गरेको  टी-२० प्रतियोगितामा आगामी १५औं संस्करणदेखि १० टोलीले ७४ खेलको प्रतिस्पर्धामा सहभागिता जनाउने पक्का भएको छ । बीसीसीआईले प्रतियोगिता दुई महिनासम्म सञ्चालन गर्ने योजनामा सरोकारवालासँग छलफल पनि सुरु गरिसकेको छ ।

आठ टोलीले सहभागिता जनाउँदै आएकोमा आगामी संस्करणदेखि गुजरातको अहमदावाद तथा उत्तर प्रदेशको लखनउबाट एक/एक टिम थप्ने निर्णय भइसकेको छ । प्रतियोगिताको समूह चरणमा सबै टिमले सात होम र सात अवे गरी कुल १४ खेल खेल्नेछन् ।

कोभिड-१९ महामारीका कारण आइपीएलको २०२० सिजन पूरै तथा २०२१ को आधा सिजन संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गरिएको थियो ।

अप्रील आइपिएल

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार १३:४९

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल